काठमाडौँ । पोखरा लगायत देशभरका नेवार समुदायहरूले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा मनाएका छन् ।
पर्वका अवसरमा टोल टोलबाट मृतक आफन्तहरूको सम्झनामा गाईको प्रतिकात्मक रूप धारण गरी जात्रा निकालिएको छ ।
यो जात्रा नेपाल सम्बत अनुसार गुंलागा: पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट पर्दछ ।
वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदायहरूले निकै महत्वका साथ मनाउने गर्दछन् ।
पोखराको रामकृष्णटोल, गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल मोहोरियाटोल, तेर्सापट्टी लगायत नेवार समुदायहरूको बसोबास रहेका टोल तथा बस्तीहरूमा आज धूमधामका साथ गाईजात्रा पर्व बनाइएको छ ।
FACEBOOK COMMENTS