काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको असार मसान्सतम्म १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.८६ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेको नाफामा असर परेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख १० हजार रुपैयाँबाट बढेर १ अर्ब २ करोड ८५ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ३.६२ प्रतिशतले घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता ११ रुपैयाँ २९ पैसा छ ।
बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ । १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब ९६ करोड ५७ रुपैयाँ कर्जा लगानी गरेको छ।
FACEBOOK COMMENTS