काठमाडौ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सव कार्यक्रम देशभरी मनाइएको छ ।
स्वस्थ्य जीवन को लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं लगायत देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
जीवन बीमा सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।
कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिबृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार भएको बताएका छन ।
प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहेको बताएका छन ।
FACEBOOK COMMENTS