काठमाडौं । आई एम ई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव कार्यक्रममा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
रगतदान, जीवनदानू भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आई एम ई लाइफ इन्स्योरेन्सले कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारणहरुले स्वेच्छिक रुपमा रक्तदान गरेको बताइएको छ ।
रक्तदान कार्यक्रमलाई उद्घाटन गदैँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व भएको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरेका छन ।
कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS