काठमाण्डौं, साउन ७ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारिमा बुधबार बिहान पौने १० बजेतिर गएको पहिरोले १८ घर पुरिएको छ । पहिरोका कारण गाउँमा रहेका ८० घरमा क्षति पुराएको स्थानीय हरि थापाले बताए ।
पहिरोमा परि ४ जना घाइते भएका छन् । पहिरोमा परि मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारीका बर्ष १८ का सुजन अछमी , बर्ष २५ का सृजना गोतामे बर्ष २८ का सबिता बस्याल र बर्ष ७० का देबबहादुर सार्की घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गङ्गा बहादुर थापाले बताए ।
उनिहरुलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । पहिरो घर भन्दा ३०० मिटर माथिबाट आएको डिएसपी थापाले बताए । उनले भने पहिरो ठुलो आएकाले धेरै घर बिस्थापित भएका छन् । डीएसपी थापाका अनुसार मंगलबार केही घरमा क्षति पर्याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्याएको हो ।
मंगलबार पहिरो गएको ठाउँबाट पुनस् पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका ३ का वडाअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।
FACEBOOK COMMENTS