रौतहट । रौतहटको गौर नगरपालिका ९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरको छ ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS