काठमाडौँ । अष्ट्रेलियाले इरानी राजदूत अहमद सदेगीलाई निष्काशित गरेको छ ।
अस्ट्रेलियाले आफ्नो भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पुष्टि भएको भन्दै राजदुत सदेगी र उनका तीन सहकर्मीहरूलाई व्यक्तिगत रूपमा ‘गैर–अनुचित व्यक्ति घोषित गरेर सात दिन भित्र देश छोड्न आदेश दिएको हो ।
अस्ट्रेलियाको गुप्तचर निकायले अष्ट्रेलियाको भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पत्ता लगाएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले जानकारी दिएका छन् ।
अष्ट्रेलियाको सुरक्षा गुप्तचर संगठनले गत वर्ष सिड्नीमा रहेको यहूदी स्वामित्वको रेस्टुरेन्ट र मेलबर्नमा रहेको अडास इजरायल सिनागोगलाई लक्षित गरी भएको दुईवटा आगजनीको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको भूमिका रहेको विषय अनुसन्धान गरेको थियो ।
दोस्रो विश्वयुद्ध पछि अष्ट्रेलियाले विदेशी राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक हो । अष्ट्रेलियाले आफ्ना कन्सुलर अधिकारीहरूको सुरक्षाका लागि इरानमा रहेको आफ्नो दूतावासमा सञ्चालन पनि स्थगित गरेको छ, र इरानमा रहेका अष्ट्रेलियालीहरूलाई देश छोड्न आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS