काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भनेका छन् – ‘‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने । अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’’
कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दु:खद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं, उनले भनेका छन् ।
FACEBOOK COMMENTS