काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग हार बेहोरेको छ ।
बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
यो नेपालको चौथो खेलमा तेस्रो हार हो । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो ।
त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने चौथो खेलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्यो ।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS