काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा रसुवा नाकाको पुल र सडक पुनर्निर्माणबारे चिनियाँ उपमन्त्री लिजुनसँग छलफल गरेका छन ।
बिहिबार अर्थमन्त्री पौडेल र चिनियाँ उपमन्त्री लिजुनसँग छलफल भएको हो ।
भेटका क्रममा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति लगायतका बारेमा छलफल भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।
नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
FACEBOOK COMMENTS