काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।
भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।
FACEBOOK COMMENTS