काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो बैंकिङ सेवा सुचारुका लागि अझै केही दिन धैर्य गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।
मुलुकको परिस्थिति नियन्त्रणबाहिर रहेका कारण तत्काल पूर्णरूपमा सेवा सञ्चाजन गर्न नसकिएको भन्दै बैंकले जति सेवा सञ्चालनमा छ त्यसमा देखिने समस्या समाधानका लागि विभिन्न सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएको छ ।
सक्दो हदसम्म निरन्तर र सहज बैंकिङ सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता जनाउँदै बैंकले शान्ति र सद्भावका लागि कामनासमेत गरेको छ ।
FACEBOOK COMMENTS