काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई आफुहरुले भविष्यको कर्णधार भनिरहदा उनीहरु वर्तमानकै नेतृत्व गर्न आएको बताउदै जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनको माग गरेका हुन् ।
महामन्त्री शर्माले जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने, भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न
उच्चस्तरीय आयोग बनाउने, भ्रष्टाचारका विभिन्न मुद्दामा उच्चस्तरीय शक्तिशाली छानबिन र २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गरी चार आयोगको तत्काल गठन गर्न माग गरेका छन् ।
साथै उनले अहिलेसम्मको राजनीतिक यात्रामा आफु जम्माजम्मी एक पटक सांसद बनेको बताउदै आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गर्न समेत आग्रह गरेका छन् र राजनीतिक नेतृत्वमा रहेका सबै परीक्षणका लागि तयार बन्न आग्रह गरेका छन् ।
उनले जेनजी पुस्ताको नाममा विधम्स मच्याउनेको छानबिन गर्न जेनजी युवाहरुलाई आग्रह समेत गरेका छन् ।
FACEBOOK COMMENTS