चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी रहेको छ ।
दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले करिब एक घण्टामा दुईतर्फी सडक सुचारु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS