काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेका छन् ।
ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भन्दै पुटिन र रुस ठूलो आर्थिक समस्यामा रहेको र युक्रेनले कारबाही गर्ने समय आएको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका साथ युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता प्राप्त गर्न सक्ने बताएका छन् ।
उनले युक्रेनले युद्धमा गुमाएको भूमि फिर्ता लिन सक्ने बताएका छन् । ट्रम्पको यो भनाइलाई रुस-युक्रेन द्वन्द्वमा उनको अडानमा ठूलो परिवर्तन मानिएको छ । ट्रम्पले युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा बुझेपछि उनको विचार परिवर्तन भएको विश्लेषण गरिएको छ ।
ट्र,म्पको भनाइ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि आएको हो, जुन ट्रम्पले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेपछि भएको थियो । ट्रम्पले बारम्बार युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगातार युक्रेनले आफ्नो भूभाग नछोड्ने कुरा कायम राख्दै आएका छन् ।
FACEBOOK COMMENTS