काठमाडौं । व्यापारिक प्रतिष्ठान्, निम्बस ग्रुपले घाटामा रहेको कम्पनीको आइपीओ निकाल्ने तयारी गरेको छ ।
वित्तीय र व्यवसायीक प्रतिस्पर्धा दुबै हिसाबले कमजोर मानिएको कम्पनी केबि एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेड (केबी एग्रो) मा आइपीओ निकाल्ने तयारी गरेको हो । जुन कम्पनीले सञ्चालनको पहिलो वर्ष कनिकुटी सञ्चालन मुनाफा कमाएको थियो ।
घाटामा रहेको कम्पनीको आइपीओ सार्वजनिक गरेर सर्वसाधारणको आँखामा धुलो छर्ने योजनामा निम्बस ग्रुप छ । केबी एग्रोमा निम्बस ग्रुपको ४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । केबी एग्रोले आइपीओ निष्काशनका लागि इस्युअर रेटिङ गराएको छ । तर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा त्यो शेयर जारी गर्ने आवेदन दर्ता भएको विवरण सार्वजनिक भएको छैन।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्याङ्कन अनुसार, केबी एग्रोको सञ्चालन मुनाफा मात्र १ प्रतिशत सम्म छ । खर्च, ब्याज र कर कटौती गर्दा कम्पनी घाटामा छ । कम्पनीले आफ्नो चालू पूँजी र सञ्चालन आम्दानी अनुपातमै उच्च ऋण र खर्च बोकेको छ । बैंकबाट स्वीकृत ओवरड्राफ्ट सीमाको १०९ प्रतिशत प्रयोग गर्दा कम्पनीलाई सञ्चालन पूँजी जुटाउन समस्या भइरहेको देखिन्छ । कुखुरा प्रशोधित मासुको व्यापार गर्ने यो कम्पनी व्यापारको ठूलो भाग १० वटा बिक्रेतामा आश्रित छ, जसले लगानीको जोखिम बढाएको छ ।
इक्रा नेपालका अनुसार, केबी एग्रो संचालन सुरु गरेको पहिलो वर्षदेखि अझै स्थिर कार्यसम्पादन गर्न सकेको छैन । केबी ऐग्रोले धादिङमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्ने उद्योग सञ्चालन गर्छ र त्यसमा ब्लास्ट फ्रिजिङ तथा बड़े फ्रिजिङ क्षमता छ । तर उत्पादन र बिक्री सँगसँगै सञ्चालन खर्च र स्तरीय प्रतिस्पर्धा व्यवस्थापन गर्न कठिनाइ छ ।
निम्बस ग्रुप अन्तर्गत अर्को कम्पनी नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड पनि लगातार घाटामा रहेको छ । वित्तीय वर्ष २०८१/८२ को विवरणअनुसार यो कम्पनी करिब ५ करोड ५८ लाख नोक्सानीमा रहेको छ । कमजोर मुनाफा, उच्च ऋण र बिक्रीमा आश्रित संरचना भएका कम्पनीहरूले आइपीओ जारी गरिहाल्दा साधारण लगानीकर्ताका लागि घाटाको सम्भावना बढी हुने विज्ञहरुले बताएका छन् । लगानीकर्ताले कम्पनीको वित्तीय स्थिति, बजार अवस्था र प्रदर्शन इतिहास राम्रोसँग मूल्याङ्कन गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
इन्टरप्राइजहरूले कहिलेकाहीँ आइपीओ प्रक्रिया प्रयोग गरेर आफ्ना व्यापार मोडेल र वित्तीय दृष्टिकोण सार्वजनिक टेबुलमा ल्याउँछन्, जसले पारदर्शिता र रणनीतिक सुधारको अवसर पनि दिन सक्छ विज्ञहरुले भनेका छन् । तर जब आइपीओ जारी गर्ने कम्पनीको आधारभूत वित्तीय अवस्था कमजोर हुन्छ, त्यसले लगानीकर्ताको विश्वासमा असर पार्न सक्छ र बजारमा अस्थिरता निम्त्याउन सक्छ ।
हाल सम्म धितोपत्र बोर्डले निम्बस ग्रुपको आइपीओ प्रस्तावलाई स्वीकृति दिएको कुनै सार्वजनिक सूचना नभएकोले भविष्यमा यो प्रस्ताव कहाँ पुग्छ भन्ने अनिश्चितता छ । तथापी लगानीकर्ताहरुले गर्दा कम्पनीको अवस्था हेर्न आवस्यक छ ।
FACEBOOK COMMENTS