काठमाडौं । पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरेका हुन्।
पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्।
‘कानुनमा सवारी साधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन
फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ अर्थमन्त्री खनालले भनेका छन्।
सरकारले पूर्वपदाधिकारीहरूलाई कानुनमा नभएका सेवा सुविधा लिइरहेको भए फिर्ता गर्न भनेको थियो।
FACEBOOK COMMENTS