काठमाडौँ । मेडागास्करमा युवाहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन् ।
पानी र बिजुलीको लामो समयसम्म अवरुद्ध भएको विरोधमा युवाहरूको नेतृत्वमा केही दिनदेखि भएको प्रदर्शनपछि यो घोषणा आएको हो ।
टेलिभिजन सम्बोधनमा एन्ड्री राजोएलिनाले भने– ’यदि सरकारले जनताले सुम्पेको जिम्मेवारी पूरा गरेको छैन भने, हामी यसलाई स्वीकार गर्छौं र माफी चाहन्छौं ।
राष्ट्रपतिको राजीनामा माग्दै गत हजारौं युवाहरू सडकमा उत्रिएका छन् । संयुक्त राष्ट्र मानव अधिकार प्रमुखले प्रदर्शनमा कम्तिमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको रिपोर्ट गरेका छन् ।
प्रमुखले प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा बलको कारबाहीको पनि निन्दा गरेका छन् । मेडागास्करको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघको तथ्याङ्कलाई अस्वीकार गरेको छ ।
मन्त्रालयले यी तथ्याङ्कहरू ’अफवाह वा गलत जानकारी’ मा आधारित रहेको बताएको छ ।
FACEBOOK COMMENTS