काठमाडौँ । फिलिपिन्सको सेबु प्रान्तमा गएको ६.९ रेक्टर स्केलको भूकम्पबाट ६९ जनाको मृत्यु भएको छ भने लगभग १५० जना घाइते भएका छन् ।
मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अहिलेसम्म धेरै मानिसहरूलाई भग्नावशेषबाट निकालिएको छ ।
उद्धार टोलीहरूले उद्धार कार्य गरिरहेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा भूकम्पलाई ७ रेक्टर स्केलको भूकम्पको रूपमा रिपोर्ट गरेको थियो, तर पछि यसलाई ६.९ मा परिमार्जन गरिएको थियो ।
भूकम्पको केन्द्रबिन्दु ९० हजार जनसंख्या भएको सेबु टापुको बोगो शहर नजिकै थियो । पहिलो भूकम्पपछि, क्षेत्रमा ५ वा सोभन्दा माथिका थप चारवटा भूकम्प महसुस गरिएको बताइएको ।
FACEBOOK COMMENTS