काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् ।
आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो । सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
अहिले परिरहेको पानीको मात्रा र पानी पर्ने क्षेत्र थप बढ्ने सम्भावना भएकाले बाढी, पहिरो, डुबान लगायतका समस्या सिर्जना हुनसक्ने आशंका छ । सरकारले यसको सामना गर्न जोखिमयुक्त क्षेत्रका
बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो जाने स्थान नजिक पहिरो हटाउने मेसिन उपकरणहरु तयारी अवस्थामा राख्ने, अत्यावश्यक काममा बाहेक यात्रामा रोक लगाउने लागायतका निर्णय गरेको छ ।
सरकारले गरेका ती निर्णयको कार्यान्वयनको अवस्थाबारे मन्त्री घिसिङले विभागीय प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।
FACEBOOK COMMENTS