काठमाडौं । काठमाडौंबाट बाहिर जाने सवारी साधनलाई नागढुंगाबाट फर्काउन थालिएको छ ।
नागढुंगा–मुग्लिन सडक खण्डमा विभिन्न ठाउमा पहिरो आएको र जोखिम बढेको बन्दै ट्राफिक प्रहरीले नागढुंगाबाट सवारी साधनलाई काठमाडौँतर्फनै फर्काएको हो ।
प्रहरीले माइकिङनै गरेर धादिङका विभिन्न स्थानमा पहिरो आएकोले जान सक्ने अवस्था नरहेको भन्दै सबै खाले सवारीसाधनलाई फर्काएको छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज २० गतेसम्म बागमती प्रदेशसहित देशका विभिन्न भागमा भिषण बर्षा हुने बताएपछि अहिले देशका धेरै जसो सडक रातीमा बन्द गरिएको छ भने यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS