काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा प्रारम्भिक सीमा रेखामा सहमति जनाएको बताएका छन् ।
उनले यो योजना हमाससँग पनि साझा गरिएको बताएका छन् ।
ट्रम्पले हमास सहमत हुने बित्तिकै, गाजामा तुरुन्तै युद्धविराम लागू हुनेछ र बन्धक र कैदीहरूको आदानप्रदान सुरु हुने बताएका छन् ।
यसबाहेक, राष्ट्रपति ट्रम्पले त्यसपछि उनी गाजामा फिर्ताको दोस्रो चरणको लागि सर्तहरू तयार गर्ने समेत जानकारी दिएका छन् ।
ट्रम्पले भने– ’यसले हामीलाई विनाशको अन्त्यको नजिक ल्याउनेछ । इजरायलले बन्धकहरूको रिहाइ र शान्ति सम्झौता पूरा गर्न गाजामा बमबारी रोकेको छ ।
ट्रम्पले यसको लागि इजरायलको प्रशंसा गरे भने र हमासलाई छिटो कारबाही गर्न आग्रह गरेका छन् ।
हमासले शुक्रबार अमेरिकी शान्ति सम्झौताका केही सर्तहरूमा सहमति जनाएको थियो, जसमा बन्धकहरूको रिहाइ पनि समावेश छ ।
यद्यपि, हमासले केही प्रमुख सर्तहरूमा वार्ता गर्न चाहेको बताएको छ ।
FACEBOOK COMMENTS