काठमाडौं,
राजनीतिक दलका नेताहरूले आन्दोलनकारीहरूलाई कार्बाहीको दबाप दिएपछि जेनजी समूहका नेताहरूले पनि पूर्व प्रधान मन्त्री केपि शर्मा ओली र गृह मन्त्री रमेश लेखक विरुद्ध कडा प्रतिक्रिया जनाएका छन्।
जेनजी नेता सुदन गुरुङको नेतृत्वमा पुगेको टोलीले सोमबार प्रहरी परिसरमा ओलि र लेखक बिरुद हत्याको जहीरी दर्ता गर्न खोज्दा प्रहरी प्रशासनले लिन अस्वीकार गरेको थियो। प्रहरीको यस व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले तत्काल न्याय नपाए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।
यो विवाद अहिले गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ।
स्रोतका अनुसार, सरकारले परिस्थिति नियन्त्रणमा राख्न आन्तरिक छलफल थालेको छ, तर जेनजी नेताहरू भने सरकारको मौनता जनताको अपमान भन्दै सडक आन्दोलनमा फर्किने तयारीमा छन्।
राजनीतिक विश्लेषकहरूले यो घटनालाई सरकार र नयाँ पुस्ताबीचको अविश्वासको संकेत भनेका छन्।
FACEBOOK COMMENTS