काठमाडौं । हिजो आइतबार तीन प्रतिशत भन्दा बढीले घटेर निराश बनाएको शेयरबजारमा आज १.७६% को वृद्धि आएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार आज ४४.२५ अङ्कले बढेर नप्से परिसूचक दुई हजार ५४७ दशमलव ६० विन्दुमा उक्लिएको छ ।
यस दिन ३३० वटा कम्पनीको ९९ लाख चार हजार ७४ कित्ता शेयर ४८ हजार पटक खरिद बिक्री हुँदा कुल चार अर्ब ९७ करोड ४५ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । यद्यपि, आज नेप्सेका सबै सूचकहरू बढेर हरियाली छाएको छ । यसले लगानीकर्तामा थोरै भए पनि आशा जगाएको छ ।
FACEBOOK COMMENTS