काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरू गरेको छ ।
काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरू गरेको बैंकको टक्सार महाशाखाले जनाएको छ । बैंकले १० ग्राम प्रतिसिक्काको मूल्य ३२ सय रुपैयाँ तोकेको छ ।
सुनको असर्फी भने यस वर्ष बिक्री वितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धनतेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का विक्री वितरण गर्दै आएको थियो । तर, केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्री वितरण गरिएको महाशाखाले जनाएको छ ।
चाँदीको सिक्का बिक्री सुरू भएसँगै सर्वसाधारणहरू लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगिरहेका छन् ।
FACEBOOK COMMENTS