काठमाडौं । टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ५८ ग्राम सहित सोही नगरपालिका-९ दिपज्योती मंगलटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका ४८ वर्षीय मान बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-२ गबडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गजेहडा बस्ने ३५ वर्षीय रविन अर्याल, सोही नगरपालिका-२ बैजलपुर बस्ने २५ वर्षीय रमेश थारू र ३१ वर्षीय सन्तोष थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ घारीपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ९४ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २५ वर्षीय नबराज चापागाई थापा र धादिङ ज्वालामुखी गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश काप्री रहेका छन् । वडा प्रहरी कर्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-१० शितलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-७ भलवारी बस्ने ३२ वर्षीय सागर थापा र बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ३१ वर्षीय आशिक थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लुप्र ०१-००४ प ८४११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS