काठमाडौं । चेल्सी इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा सन्डरल्याण्डसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा सन्डरल्याण्डले चेल्सीलाई स्तब्ध पार्दै २-१ को जित हासिल गरेको हो ।
सन्डरल्याण्डको जितमा खेलको इन्जुरीसमय पछि चेम्सडाइन ताल्बीले निर्णायक गोल गरेका थिए ।
यसअघि खेलको चौथो मिनेटमा अलेज्नाद्रो गर्नाचोको गोलमा चेल्सीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको २२औं मिनेटमा विलसन इसिडोरको गोलमा सन्डरल्याण्डले खेल बराबरी गरेको थियो ।
यो जितपछि सन्डरल्याण्ड ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ९ खेलमा १४ अंक छ र हाल सातौं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS