काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा गिउलियानो सिमोने र एलेक्स बाएनाले एक एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको १० खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी रियल बेटिसको १० खेलमा १६ अंक रहेको छ हाल छैटौं स्थानमा छ ।
FACEBOOK COMMENTS