काठमाडौं, साउन १८ – सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, तेजाबी सुनको भाउ ९६ हजार १ सय पुगेको छ भने चाँदी प्रतितोला १२ सय ३० पुगेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS