काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ ।
बैंकले गत आवको सोही अवधिमा १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफा ४.५७ प्रतिशले बढेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । गत आवको पहिलो त्रैमासमा बैकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड ९० लाख रुपैयाँबाट २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ रहेको छ ।
यस्तै यस्तै सञ्चालन नाफा १ अर्ब ६१ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा ०.७४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ०.७७ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३६.४४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २५५.६९ रुपैयाँ रहेको छ ।

१््२ अर्ब ९४ करोड ४६ लाख ९४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ४१ करोड ८८ लाख ८३ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।


FACEBOOK COMMENTS