काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूनिकटका नेताहरूसँग छलफल गरेका छन् । बालुवाटारस्थित सम्पर्क कार्यालयमा बोलाएर आफूनिकटका केन्द्रीय सदस्य, जिल्ला सभापति लगायतसँग भेट गरेका हुन् ।
छलफलमा सहभागी गोविन्दराज पोखरेलले कोइरालाले आफनिकट नेताहरूसँग छलफल गरेको बताएका छन् । कांग्रेस बैठकमा महाधिवेशनको कार्यपालिकाबारे चर्को विवाद छ ।
महामन्त्री गगन थापाले चुनावअघि गर्ने गरी प्रस्ताव राखेका छन् भने संस्थापन पक्ष फागुन २१ को चुनावपछि मात्रै गर्ने अडान लिइरहेका छन् । महाधिवेशनको विवादमा शेखरले नियमित महाधिवेशनमा जोड दिँदै मध्यमार्गी भूमिका खेलिरहेका छन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरुसँग अनौपचारिक छलफलमा केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ सहभागी थिए । यस्तै, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति बिष्णु राई, चितवन कांग्रेस सभापति राजेश्वर खनाल लगायतसहभागी थिए ।
FACEBOOK COMMENTS