काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।
शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका हुन् ।
विप्लव नेतृत्वको दलले कार्तिक १२ गते आयोग पुगेर पहिलो पटक दल दर्ताको लागि निवेदन दिएको थियो । उनीहरुले आफ्नो पार्टीको नाम ’कम्युनिष्ट पार्टी नेपाल’ नाम प्रस्ताव गरेका छन् ।

FACEBOOK COMMENTS