काठमाडौं । दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु दल दर्ताका लागि आवश्यक कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए ।
पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली कम्युनिस्ट पार्टी राखेका थिए । वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन् ।
यसअघि २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिइसकेको थियो ।
FACEBOOK COMMENTS