काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा ‘जेल ब्रेक’ गरेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकजना सुन तस्करीका अभियुक्त हुन् । एकजना हाडनाता करणीका कैदी रहेका प्रहरीले जनाएको छ ।
उनीहरू दुवैजनालाई उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुन तस्करीका अभियुक्त भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई र हाडनाता करणीका कैदी ‘कालीबाबा’ भनिने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ का भरत लामिछाने रहेका प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार, सोमबार (कात्तिक २४) उनीहरूलाई पक्राउ गरिएको हो । लामिछाने नक्खु कारागारबाट भागेका थिए ।

उनलाई हाडनाता करणीमा २५ वर्ष कैद सजाय तोकिएको खुलेको छ । राई भने सुन्धारा कारागारबाट भागेका थिए । उनीहरू भदौ २४ गते भागेका थिए ।

FACEBOOK COMMENTS