काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) मा कर्मचारी कटौती सुरू भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निगमले हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालनमा रहेका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्याको आधारमा मासिक ज्यालादारीमा काम गरिरहेका ६ जना कर्मचारीलाई हटाएको छ ।
निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनीस्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS