काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउने उद्देश्यले नयाँ खाता योजना ल्याएको छ ।
बैंकले खोलिएका प्रत्येक खाताबापत एक रुख रोप्ने र दुई लाख रुपैयाँसम्म फोनलोन लगायत धेरै सुविधा भएको ’ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’ नामक निक्षेप योजना बजारमा ल्याएको हो ।
’एक खाता एक रुख’ सिद्धान्तमा आधारित यस योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक रुख बैंकको तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरूकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनुका साथै खातावालहरूले निम्नानुसारका आकर्षक सुविधाहरू समेत प्राप्त गर्नेछन् ।
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकारात्मक प्रभाव सिर्जना गर्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोपिने भएकाले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो सकारात्मक प्रभाव पर्ने बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए ।
उनले सबै शाखाहरूमा यो योजना उपलब्ध गराइएको र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी यस योजनाबारे विस्तृत जानकारी लिन सक्ने बताए ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवद्र्धन तथा दिगो विकासका अन्य लक्ष्यहरू हासिल गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूमा सहभागिता जनाउँदै आएको छ ।

यस बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

FACEBOOK COMMENTS