काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा “बीमा: सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न
गरेको छ ।
यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य”निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको थियो ।
कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर – नागपोखरी –गैरीधारा – प्रहरी मुख्यालय – हिल्टन होटल – नक्साल भगवती मन्दिर हुँदै पुन: केन्द्रीय कार्यालयमा समापन गरिएको थियो ।
झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जनाकर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले “बीमा:सुरक्षित भविष्यको आधार” भन्ने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीका अनुसार,“यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउनेछन्, जसले गर्दा नागरिकहरू अझ जानकार, जिम्मेवार हुनुका साथसाथै अन्तत: राष्ट्र अझ सुरक्षित बन्नेछ” भन्नुभयो कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।



FACEBOOK COMMENTS