काठमाडौँ । पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई मुम्बई इन्डियन्सबाट रिलिज गरिएको छ ।
आईपीएल २०२६ को मिनी अक्सन अघि सबै १० फ्रेन्चाइजहरूले आफ्नो खेलाडी रिटेन्सन र रिलिज सूची बुझाउनु पर्नेछ । यसको लागि शनिबार अन्तिम दिन हो ।
यसअघि, मुम्बई इन्डियन्सले अर्जुनलाई लखनऊ सुपर जायन्ट्सलाई बेचेको छ । अर्जुन आगामी आईपीएल सिजनमा लखनऊ सुपर जायन्ट्सको जर्सीमा खेल्ने देखिनेछन् ।
मुम्बई इन्डियन्सले अर्जुनलाई धन्यवाद दिदै लखनऊ सुपर जायन्ट्ससँगको यात्राको अर्को अध्यायको लागि शुभकामना दिएको छ । अर्जुनलाई लखनउले उनको अक्सनको मुल्य ३० लाख प्रति सिजन दिने गरि किनेको छ ।
त्यस्तै लेग स्पिनर मयंक मार्कंडेलाई मुम्बईले कोलकाता नाइट राइडर्सबाट किनेको छ । मार्कंडेले आफ्नो करियर मुम्बई इन्डियन्सबाट सुरु गरे र २०१८, २०१९ र २०२२ मा फ्रान्चाइजीको प्रतिनिधित्व गरेका थिए ।

FACEBOOK COMMENTS