काठमाडौँ । नोभेम्बर १५ देखि २६ तारिखसम्म जापानको टोकियोमा हुने २५औं समर डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुने भएका छन् ।
जसमा तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य, करातेमा सेनाम छिरिङ लामा तथा जुडोमा सुष्मा तामाङ र लक्की चौधरी सहभागी हुन लागेको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
FACEBOOK COMMENTS