काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो टेस्टमा भारत बलियो अवस्थामा पुगेको छ ।
टेस्टको दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रीकाले ७ विकेट गुमाउदै केवल ९३ रन मात्र बनाएपछि भारतविरुद्ध लेबल ६३ रनको अग्रता बनाएको छ ।
दोस्रो इनिंगमा दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक २९ रन बनाए भने मार्को जानसेनले १३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले सर्बाधिक ४ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १५९ रन बनाएको थियो भने भारतले १८९ रन बनाएको थियो ।
FACEBOOK COMMENTS