काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका नेताहरुलाई बारा जानबाट रोकिएको घटनाप्रति टिप्पणी गर्दै भ्रमणको वातावरण नबनाएर चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्
एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।
त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकारझ विरुद्ध उभिन सक्दैनन् । अत सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।

FACEBOOK COMMENTS