काठमाडौं । कञ्चनपुर, बेलडाँडी गाउँपालिका–३ बनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ४० मिलिग्राम सहित भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–३ मैटहवा बस्ने ३८ वर्षीय किस कुमार थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका–८ कामने घर भएका २७ वर्षीय अमिर प्रधान र मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरी घर भएकी १९ वर्षीया इन्सुमा गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अमिरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, कचनकवल गाउँपालिका–४ फर्कागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ आदर्श टोल बस्ने ४० वर्षीय कुमार गन्धर्व र ३० वर्षीय बिशाल गाइने रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले भारतको कादो गाउँबाट सुकुनाडिगितर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित भक्तपुर चाँगुनारायण नगरपालिका–८ बस्ने २४ वर्षीय सुशिल सपकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

FACEBOOK COMMENTS