काठमाडौं । सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी ७५ लाख रुपैयाँ रकम बराबरको चेक अर्थमन्त्री खनाललाई ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले हस्तान्तरण गरे ।
कोषमा ९ करोड ३० लाख जम्मा भएको छ ।
FACEBOOK COMMENTS