काठमाडौं । सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ विन्दु पुगेको हो।
नेप्सेले सजिलै २६ सयको विन्दु पार गरेको छ। यसदिन कारोबार रकम समेत बढेर सात अर्ब रूपैयाँ पुगेको छ। सोमबार सात अर्ब तीन करोड रूपैयाँको कारोबार भएको हो।
२० दिनपछि आइतबार कारोबार रकम ६ अर्ब कटेको थियो। सो समय सात अर्ब, नौ अर्ब हुँदै कारोबार रकम ६ अर्बमा झरेको थियो। अहिले भने दिनदिनै कारोबार रकम
बढ्न थालेको छ ।
राजनीतिक दलहरू निर्वाचनमा जाने र राष्ट्र बैंकबाट समेत मोद्रिक नीतिको पहिलो समिक्षा लचिलो आउने संकेतले बजारमा वृद्धि देखिएको हो ।
FACEBOOK COMMENTS