राजु भट्टराई
कोरोना हाम्रो वरिपरी छ भन्दैमा कोरानासँग हाम्रो घनिष्ट मित्रता छ यसले हामीलाई हानी पुर्याउदैन भन्ने होइन । यो कोरोसँग हाम्रो लडाइमा हामी नागरिक पनि जाग्नु जरुरी छ । बल्ल संक्रमणबाट सिर्जित हर प्रकारका त्रास र सम्पूर्ण दुखकस्टबाट उन्मुक्त्त हुन सकिन्छ । अझ भनौ वेचैनीको क्षणबाट पार पाउन सफल हुन्छौँ । कोरानाबाट बच्न आफ्नो पक्षबाट चाल्नुपर्ने कदमहरु सही रुपमा निर्वाह गरियो भने कोरोनालाई हाम्रो समुदायबाट भगाउन सम्भव छ ।
कोरोना लाग्नबाट आफु, आफ्नो परिवार र समाजलाई जोगाउदै बचाउन चेतनशील प्राणीको हैसियतले विवेक सम्मत नियती माझ जिउन सक्नुपर्छ । कोरोना संक्रमणलाई कम गराउन हामीले नागरिक स्तरमा अहम् भूमिका खेल्न सक्छौ । सरकारी निकायबाट चालिएका कदमहरुलाई सार्थक बनाउन तपाई हामीले आ आफ्नै पक्षबाट निती नियम र निर्देशनको पालना गरी उच्च जोखिमलाई न्यून पार्न सकिन्छ । देशको अर्थतन्त्रलाई जोगाइ राख्न तथा व्यापार, सेवा सबै चिजहरुलाई निरन्तरता प्रदान गर्न स्मार्ट मोडल अपनाउदै सबै संघ सस्था, कार्यालय तथा कलकारखानाहरु सञ्चालन गर्नु अत्यन्त आवश्यक हुन्छ । लामो लकडाउनपछि राजधानी लगायत केहि सहरहरु पूर्ण रुपमा नखुलेपनि अधिकांश रोजगारीका गन्तव्यहरु खुल्ने क्रम क्रमश बढ्दै गएको छ । विहान काम गरेर वेलुका छाक टार्ने अधिकांश नागरीकको गरिखाने भाडो बल्ल तातिदैछ । यसर्थ सरकारले विज्ञहरुसँग लिएको परामर्श पनि सहि नै हो । अनि विज्ञहरुले दिएको परामर्श पनि जायज नै देखियो । अति संक्रमित जिल्लाहरुलाई केहि समय लकडाउन गर्नुपर्छ अनि परिक्षणको मापन बढाउनुपर्छ । विदेशी नाकाहरु पूर्ण बन्द गर्ने, संक्रमित जिल्लाबाट अरु जिल्लामा प्रवेश रोक लगाउने आदि जस्ता सावधानीहरु अपनाएमा कोरोना भाइरसको नियन्त्रण गर्न सघाउ पुग्दछ । अहिले परिक्षणको दायरालाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन सकेमा अझ उत्तमकर ठहर्ने छ । साथै देशका नागरिकहरु आफै आफैबाट संक्रमणबाट जोगिने शैलीहरु अपनाउन जरुरी छ ।
लकडाउनले कोरोनालाई भगाउने होइन, यो त केवल सुरक्षित रहन गरिने एक उपाय हो । जसले संक्रमितको दरलाई कम गर्न मद्दत गर्दछ । सरकारले कोरोनालाई जादुयी रुपमा भगाउन सक्दैन । साच्चिकै तपाई हामी अर्थात समुदायलाई कोरोना मुक्त बनाउन आफैंबाट सुरुवात गर्नु जरुरी छ । आफु अनि तपाईको परिवारले स्मार्ट तरिकाले हिडडुल, सरसफाइ, सुरक्षित वस्त्रको पहिचन आदिबाट नजिकको समुदायलाई चेतना बाड्नु पर्छ अनि मात्र कोरोना भाइरसले समुदायमा आउने आँट गर्दैन । अतः हामी खाली सरकार मात्रैको पहल मार्फत यसको समाधान नखोजौं । आफै सचेत बनौ सबैलाई सचेत बनाउ । संक्रमणबाट बच्च सकिने उपायहरु अपनाउँदै जाऔं ।
यत्रो खतराको घण्टी बज्दाबज्दै हामीले कोरोनाबाट कसरी सुरक्षित रहने भन्ने तर्फ ध्यान पुर्याउन सकेनौ भने हामीमाथी कोराना संक्रमणले आतातायी रुपमा आक्रमण गर्छ ।यस तर्फ सजगता अपनाउदै आफूबाट संक्रमणको खतरालाई हटाउनुपर्छ अनि समूदायमा चेतना फैलाउनुपर्छ ।
संसारलाई कोरोना भाइरसले आफ्नो बशमा पारिसकेको छ । विश्व परिक्रमा गरेको कोरोनाले मानव जीवनलाई तहसनहस पारिरहेको छ । देश विदेशका खबर हाम्रो दृष्यसँग अगाडी उभ्याइदिने सञ्चार माध्यमले दिनहु प्रस्तुत गर्ने अपडेटले यसबाट सिर्जित अवस्था कत्तिको भयावह पार्ने खालको छ भन्ने कुरा जोकोहीले अनुमान लगाउन सक्दछ । कोरोनाको संक्रमण देखिन थालेपछि वा देखीन सुरुआत गरेसँगै लागु भएको लकडाउनले विश्व समुदायलाई नजरबन्दमा बस्न वाध्य तुल्यायो । केहि हद लकडाउनले संक्रमणलाई पनि डाउन गर्न सक्षम भयो तर देशको अर्थतन्त्रमा चाहि ठूलो क्षति व्यहोर्नु पर्यो । विश्वका शक्तिशाली ठानिने राष्ट्रहरुलाई त आज कोरोनाले बशमा लिएको छ, गरिब मुलुकको के कुरा । त्यसैले हाम्रो जस्तो देशका लागि यो संकट बनेर मडारिरहेको छ । तसर्थ यससँगको यात्रामा हामीले संयमताका साथ हिड्नुपर्नेछ, हरेक व्यक्तिले समूदायले राष्ट्रले सबै पक्षले ।
हुनत हामीले नै राजनितीक अस्थिरता, भूकम्प, देशको भूमि अतिक्रमण, बाढिपहिरो हुँदै अहिले कोरोना भाइरससँग साक्षात्कार गर्दैछौ । यस्तो प्रहारैप्रहारबाट गम्भीर घाइते भएका छौ । अन्य समस्या भन्दा कोरोनाको कहर निकै नै भयंकरको छ । किनकी जीवन मरणको सवालसँगसंगै गाँसिएर कोरोनाको कहरले सबैलाई गाँजेको छ । तसर्थ हामीले आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने शैली अपानउन अत्यन्त जरुरी देखिन्छ । मान्छे मान्छे विचबाट सर्ने कोरोना संक्रमणबाट आफू अनि परिवारलाई टाढै राख्ने उपायहरु अपनाउदा गरिने र हुने सानो लापर्वाहीले ठुलो क्षती नहोला भन्न सकिन्न ।
FACEBOOK COMMENTS