काठमाठौं । नेपालगञ्ज, नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल एसओ ५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ।
यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
सफलतापुर्वक सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआई नेपालगञ्जका अध्यक्ष श्री टंकनाथ धामी र विशेष अतिथि एफएनसीसीआईकोहलपुरका अध्यक्ष श्री प्रदीप भट्टराई हुनुहुन्थ्यो।
एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष श्री सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।
पानस अटोमोटिभको तर्फबाट कार्यक्रममा सहभागिता जनाउनु भएका अध्यक्ष श्री ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक श्री आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुन: दोहोर्याउनुभयो। यस वर्षकै चर्चित विद्युतीय एसयूभीमध्ये एक डीपल एसओ ५अब नेपालगञ्जमा उपलब्ध भएको छ। आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एसयूभी मा सिएटिएल को गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्छ।

सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को–पाइलट सिट, रिमोट इन–एण्ड–आउट पार्किङ, लाइभ नेभिगेसनसहितको एआर–हड, तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४–इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।

डीपल एसओ ५ सँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ। म्याजिक क्युब डिजाइन सहितको आकर्षक बनावट, ९९ किलोवाट क्षमताको शक्तिशाली मोटर, र ३५० किमीसम्मको डब्ल्यूएलटिपी रेञ्ज दिने दुईवटा ब्याट्री विकल्पले भिगोलाई अरूभन्दा फरक बनाउँछ।

हेभन एण्ड अर्थ टेलगेट, म्युजिकसँग मिल्ने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा फास्ट चार्ज हुने क्षमता र थप सुरक्षा तथा आत्मविश्वासका लागि स्तर २ यसका प्रमुख विशेषता हुन्। नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्।

डीपलको मूल्य ब्ल्याक इन्टेरियरका लागि रु. ५६,९९,००० र ओरेन्ज इन्टेरियरका लागि रु. ५७,९९,००० तोकिएको छ। नेपालगञ्जका लागि विशेष लन्च अफर अन्तर्गत ब्ल्याक इन्टेरियर रु. ५५,९९,००० र ओरेन्ज इन्टेरियर रु. ५६,९९,००० मा उपलब्ध हुनेछ। त्यसैगरी, नामी भिगो इटु को मूल्य रु. ३८,९९,००० र इटु + भेरियन्ट रु. ४१,९९,००० निर्धारण गरिएको छ। लन्च अफर अन्तर्गत नेपालगञ्जमा भिगो भ्२ रु. ३७,९९,००० र इटु + रु. ४०,९९,००० मा उपलब्ध हुनेछ।

यस अवसरलाई स्मरणीय बनाउन एमएडब्लू वृद्धि र पानस अटोमोटिभले नेपालगञ्जमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम पनि सुरु गरेका छन्। यसमार्फत ग्राहकहरूले दुवै मोडेल प्रत्यक्ष अनुभव गर्न, विज्ञहरूसँग परामर्श लिन तथा लन्च अवधिका विशेष अफर र छानिएका विद्युतीय सवारीसाधनमा एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्।

FACEBOOK COMMENTS