काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।
आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्लेषण समावेश गरी तयार गरिएको ’आठौं वार्षिक प्रतिवेदन’ वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS