काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन् ।
उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् । एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ ।
तर, जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् ।
यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।
FACEBOOK COMMENTS