काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न पुरुषतर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५–२१, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।
अब आज हुने पुरुष तर्फको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम ट्रेनिङ सेन्टर खेल्दै छन् । यो खेलको विजेताले हेल्प नेपालसँग शनिबार फाइनल खेल्ने छ । फाइनल खेल शनिबार दिउँसो ३:३० बजे हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS