काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् ।
सोमबार दिउँसो सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत् आरजु दिल्ली प्रस्थान गरेकी हुन् ।
आरजु स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बताइएको छ । आइतबार मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएका थिए ।
प्रचण्डपछि आरजु दिल्ली जानुलाई राजनीतिक वृतमा भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
FACEBOOK COMMENTS